वाणिज्य बैंकहरूको नाफा ४९ अर्ब, नबिल फष्ट हुँदा कृषि विकास बैंक पुच्छारमा, वृद्धिदरमा एभरेष्टको छलाङ (कुन बैंकले कति कमाए ?)

काठमाडौं । २१ वटै वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ नाफा कमाएका छन् । बैंकहरूले गरेको नाफा गत आवको सोही अवधिको तुलनामा ११.६७ प्रतिशतले बढी हो । बैंकहरूले गत आवको तेस्रो त्रैमासमा ४३ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ भने सबैभन्दा कम नाफा कृषि विकास बैंकले कमाएको छ ।

नबिल बैंकले चालु आवको तेस्रो त्रैमाससम्म ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.६३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यसरी सबैभन्दा कम कमाएको कृषि विकास बैंकले चालु आवको तेस्रो त्रैमाससम्म १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ ख्द नाफा कमाएको छ । बैंकले यो आवमा कमाएको नाफा गत आवको सोही अवधिको तुलनामा ४५.३६ प्रतिशतले कम हो । कृषि विकास बैंकले गत आवको सो अवधिमा ४ अर्ब ३६ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बढी नाफा कमाउने बैंकहरूमध्ये रकमको आधारमा ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ भने एनआईसी एशिया तेस्रो स्थानमा परेको छ । ग्लोबलले चैत मसान्तसम्ममा ४ अर्ब ३५ करोड नाफा कमाएको छ भने एनआईसी एशियाको नाफा पनि ४ अर्ब १ करोड भन्दा बढी छ ।

नाफा वृद्धिदरमा एभरेष्ट बैंक सबैभन्दा बेष्ट

सबैभन्दा बढी नाफा वृद्धिदर एभरेष्ट बैंकको रहेको छ । गत आर्थिक वर्षको पहिलो ९ महिनामा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा समीक्षा अवधिमा ६२.६३ प्रतिशत बढेको हो।

नाफा वृद्धि गर्ने बैंकको दोस्रो सूचीमा स्ट्याण्डर्ड चार्टर्ड बैंक परेको छ । गत आवमा १ अर्ब ६२ करोड रुपैयाँ नाफा गरेको उक्त बैंकले चालु आवको समीक्षा अवधिसम्म ६०.२५ प्रतिशतले नाफा बढाएको छ । नाफा ६०.२५ प्रतिशत बढेको छ भने नबिल बैंकको ५२.६३ प्रतिशत बढेको छ ।

७ बैंकको नाफा घट्यो

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार ७ वटा वाणिज्य बैंकहरुको खुद नाफा घटेको छ । कृषि विकास बैंकको नाफा सबैभन्दा बढी ४५.३६ प्रतिशत घटेको छ भने सनराइज बैंकको सबैभन्दा कम ८.३३ प्रतिशत घटेको छ । सिद्धार्थ बैंकको नाफा २८.६५ प्रतिशतले घटेको छ भने सिटिजन्स बैंकको नाफा १८.७२ प्रतिशतले घटेको छ । त्यसरी नै नेपाल बैंक, माछापुच्छ्रे्  बैंक, प्राइम कमर्शियल बैंकको नाफा क्रमशः १८.७२ प्रतिशत, १२.८८ प्रतिशत र ९.३५ प्रतिशतले नाफा घटेको छ ।

amount in (000)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स