१५ दिनभित्र माग सम्वोधन नभए काठमाडौंको फोहर फ्याल्न नदिने

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन हुँदै आएको नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकासंग भएको यस अघिको सहमति र सम्झौता १५ दिनभित्र कार्यान्वयनमा ल्याउन नेपाल सरकार र काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराइएको छ ।

फोहोर व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिका र केन्द्र सरकारबीच विवाद चर्किरहेकै बेला धुनीवेशी र ककनीका प्रमुखसहित प्रभावित वडाका अध्यक्ष र सरोकारवाला निकायबीच बिहीबार बिहान भएको बैठकले यसअघि भएको सहमति कार्यान्वयनका लागि अल्टिमेटम दिने निर्णय गरेको छ।

बैठकपछि धुनीवेशीका मेयर बालकृष्ण आचार्य र ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जारी गरेको संयुक्त विज्ञप्तिमा १५ दिनभित्र माग सम्बोधन नभए संघर्ष गर्न बाध्य हुने उल्लेख छ ।

यस्तो छ विज्ञप्तिः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स