कुमारी बैंकको नाफा २ अर्ब नजिक, ईपीएस कति ?

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ८२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ०.९७ प्रतिशले बढी हो । गत आवको सोही अवधिमा १ अर्ब ८० करोड २७ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा ९९.६६ प्रतिशतले २८ लाख ८६ हजारमा सिमित भएको छ । गत आवको सोही अवधिमा ८७ करोड १६ लाख ७६ हजार रुपैयाँमा रहेको थियो ।

नौ महिनामा बैंकको खुद ब्याज आम्दानी ८४.७५ प्रतिशतले बढेर ७ अर्ब ४७ करोड ७१ लाख १६ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा २७.८२ प्रतिशतले घटेर १ अर्ब ८६ करोड रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी ९ रुपैयाँ २५ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ २९ पैसा रहेको छ । बैंकको खराब कर्जा ०.९६ प्रतिशतले बाट बढेर ३.९७ प्रतिशतले पुगेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स