हिमालयन बैंकको नाफा पौन २ अर्ब, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । हिमालयन बैंकले चालु आव २०७९/०८० को तेस्रो त्रैमाससम्म १ अर्ब ७३ करोड रुपियाँ खुद नाफा कमाएको छ । सिभिल बैंकलाई प्राप्ति गरेको बैंकले आज चैत मसान्तसम्म अवधिमा बैंकले खुद नाफा १ अर्ब ३९ करोड रुपियाँ कमाएको थियो ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३२ करोड रुपैयाँले ऋणात्मक रहेको छ । बैंकले २ अर्ब ५२ करोड रुपियाँ सञ्चालन मुनाफा आर्जन गरेको रिपोर्टमा उल्लेख छ । अघिल्लो वर्ष समीक्षा अवधिमा सञ्चालन मुनाफा १ अर्ब ९९ करोड रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी ९३.१३ प्रतिशतले बढेर ६ अर्ब ४९ करोड रुपियाँ भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स