आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यासब्याक

काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबद्र्घित ‘आइएमई पे’ को दशैंको झट्का स्कीम सार्वजनिक गरिएको छ ।

अफर असोज ११ देखि १४ गतेसम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागू गरिएको छ । यस स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०५ सम्म क्यासब्याक पाइनेछ । क्यासब्याकको सीमा २ हजार रुपैयाँसम्म राखिएको छ । यो अफर मात्र पहिलो १०० खरिदकर्ताका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइनेछ ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास नाहाटाले हवाई टिकट ‘आइएमई पे’को भुक्तानी सेवासँगै तीन दिनका लागि ५०५ क्यासब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए ।

यो स्किम आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ल्याइएको हो र यो स्किममा पनि नियम र सर्तहरु लागू हुनेछन । सबै प्रयोगकर्ताहरु आइएमई पेको माध्यमबाट हवाई टिकट खरिदमा फ्लैश बिक्री क्यासब्याकका लागि योग्य छन् । आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरिद गरेको २४ घण्टाभित्र क्यासब्याक प्राप्त हुने कम्पनीको भनाइ छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स