नेप्सेमा हरियाली छाएसँगै २ कम्पनीमा लाग्यो सर्किट, कुनले कति कमाए र गुमाए ?

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा हरियाली छाएको छ ।

बुधबार, नेप्से परिसूचक १५.१३ अंकले बढेर १९२०.१२ अंक विन्दुमा आइपुगेको छ ।

आज २५ लाख ७९ हजारको कित्ता सेयर ८७ करोड २१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४१ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कालिञ्चोक दर्शन र मैलुङ खोलामा ९.९९ प्रतिशतको सकारात्मक सर्किट लागेको छ। गुराँस लघुवित्तमा ९.५९%, एनसीसीको डिभेञ्चर८६मा ८.२१%, समलिङ पावरमा ८.०६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

त्यस्तै, आदर्श लघुवित्तमा १० प्रतिशतको नकरात्मक सर्किट लागेको छ । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डमा ३.७३%, गरिमा डिभेन्चरमा ३.६२%, सनराइज म्युचुअल फण्डमा ३.३९% र तारागाँउ रेजेन्सीमा २.९१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स