दोल्ती पावर कम्पनीको आईपीओ यसैसाता बाँडफाँट हुने, कति जनाको हात पर्देछ सेयर ?

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको आईपीओ यसै साता बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले कम्पनीको आईपीओ यसै साता बाँडफाँट हुनेगरि हाल डाटा भेरिफिकेसनको काम भइरहेको जनाएको हो। डाटा भेरिफिकेसनको काम सकिएपछि सेयर बाँडफाँट गर्ने मिति र समय तोक्ने क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १३ लाख ३९ हजार ४४० आवेदकबाट १ अर्ब ४७ करोड ६२ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ६२ हजार ६२० कित्ता सेयरको लागि आवेदन परेको थियो । जुन सर्वसाधारणलाई निष्कासन गरेको सेयरको ११.६० गुणा बढी हो।

माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण हुनेछ । जसअनुसार १ लाख २७ हजार १८६ आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाउनेछन् ।

कम्पनीले गत चैत २८ गतेदेखि आज वैशाख ३ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो । जसअनुसार १०० अंकित दरका कुल १० लाख ७२ हजार ९७२ कित्ता जारी भएको थियो।

कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरि सकेको छ।

बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका छन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स