मिनिसोले ल्यायो ‘दशैं तिहार, हिराको हार उपहार’ अफर योजना

काठमाडौं । मिनिसोले वडा दशैं तथा तिहारलाई लक्षित गरि विशेष अफर ल्याएको छ ।

जसअन्तर्गत कम्पनीले ‘मिनिसो ‘दशैं तिहार, हिराको हार उपहार’ अफर ल्याएको हो । अफर अन्तर्गत १ हजार ५ सय ९९ सय रुपैयाँँ भन्दा माथिको सामान खरिद गर्दा ग्राहकले लक्की कुपन प्राप्त गर्नेछन् ।

लक्की कुपन प्राप्त ग्राहकमध्येबाट एकजना भाग्यशाली बिजेताले हिराको हार प्राप्त गर्नेछन् । उर्जा ज्वेलरले पुरस्कार स्पोन्सर गरेको कम्पनीले जनाएको छ ।

यो अफर नेपालभर रहेका मिनिसोका शोरुममा लागू हुनेछ । नोभेम्बर १० तारिखसम्म अफर समय जारी रहनेछ भने नोभेम्बर १७ मा लक्की ड्रमार्फत् भाग्यमानी बिजेता घोषणा गरिने जनरल म्यानेजर महेश तण्डुकारले जानकारी दिए ।

‘अफरले मिनिसोप्रति ग्राहकको आकर्षण अझै बढ्ने हामीले विश्वास लिएका छौं,’ उनले भने । लक्की बिजेताको घोषणा मिनिसोको फेसबुक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ । ‘मिनिसोमा सपिङ गरेका अन्य सयौं ग्राहकले दैनिक रुपमा आकर्षक उपहार प्राप्त गर्नेछन्,’ तण्डुकारले भने । मिनिसोको पार्टनर कम्पनी मिसियो, ब्लेस, सिसी, लिमिटेड इडिसन, कोफी, राइज, अर्वान आउट फिट्र्स, ब्याग्गिटलगायत अन्य ब्राण्डहरु छन् ।

कस्मेटिक, किचन, इलेक्ट्रोनिक्स, स्टेसनरी, गिफ्ट, सिजनल लगायत सम्पूर्ण प्रकारका दैनिक उपभोग्य सामान मिनिसो शोरुममा उपलब्ध छन् ।

उच्च स्तरीय जापानीज ब्राण्ड, सुपथ मूल्य लगायतका विशेषताका कारणले नेपाली बजारमा मिनिसोप्रति ग्राहकको आकर्षण दिनप्रतिदिन बढिरहेको तण्डुकारले बताए । मिनिसोको शोरुमहरु काठमाडौं, चितवन, पोखरा, बिराटनगर, बुटवल र मनकामनामा रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स