काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको समय निश्चित भएको छ ।
यहि वैशाख २८ र जेठ ५ को बीचमा उनले भारतको भ्रमण गर्ने भएका हुन् । यद्यपि, दुवै पक्षले निश्चित मिति तय गर्न भने अझै केही समय लाग्ने देखिएको परराष्ट्र मन्त्रालयले बताएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १० मे अर्थात, २७ वैशाखसम्म कर्नाटक राज्यमा हुन गइरहेको निर्वाचन कार्यक्रममा व्यस्त रहने भएपछि प्रचण्डको भ्रमण त्यसअघि नहुने निश्चित भएको हो । साथै, २० मेपछि मोदी विभिन्न चारवटा देशको भ्रमणमा जाने भएकाले त्यसअघि नै प्रचण्डको भ्रमण सम्पन्न गर्ने तयारी दुवै पक्षको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको लागि पठाएको औपचारिक निम्तो पत्र भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरिसकेका छन्।