सिद्धार्थ बैंकको ‘सिद्धार्थ हाम्रो घर कर्जा’ योजना सञ्चालनमा

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले नयाँ वर्ष २०८० को सौगात स्वरुप घर खरिद, निमार्ण र पुर्ननिर्माणका लागि विशेष घर कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत बैंकले ग्राहक महनुभावहरुलाई ११।७५५ वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्नेछ ।

यसरी प्रदान गरिएको कर्जाको ब्याजदर पहिलो ७ वर्ष सम्मका लागि स्थिर रहनेछ । बैंकले यो योजना सीमित अवधिको लागि मात्र लागु गरेको छ ।

बैंकले ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै विभिन्न समयमा यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउँदै आएको छ । यस योजनाले सबै ग्राहकहरुलाई आफ्नै घर बनाउने सपनालाई पुरा गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स