आज कुन कम्पनीको भयो सर्वाधिक कारोबार ?

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४.९८ अंक विन्दुमा आइपुगेको छ ।

आज २९ लाख ७५ हजारको कित्ता सेयर ८७ करोड ४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटा कम्पनीको घटेको छ भने १९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, प्रभु बैंक प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड २६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ३ करोड ९८ लाख, नेष्डो लघुवित्तको ३ करोड ३६ लाख, एनआईसी एसिया बैंकको २ करोड ६५ लाख र हिमालयन डेष्टिलरीको २ करोड ४२ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स