आइएमईको ‘७ मा ७’ अफर सार्वजनिक

काठमाडौं । आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने मुल नाराको साथ नयाँ योजना सार्वजनिक गरेको छ ।

विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरि ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप जनही नगद ७ हजार रूपैयाँ प्रदान गरिने छ । उक्त योजना २०८० वैशाख १ गते देखि ३१ गतेसम्मका लागि सञ्चालन हुनेछ ।

विदेशमा रहेका नेपालीहरुले आइएमई वा आइएमईका साझेदारहरु मार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरि यस योजनामा सहभागी हुन सकिने छ ।

योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ भने सो सम्बन्धि जानकारी कार्यालयका आधिकारिक सामाजिक संजाल र वेभ पेजहरूका अतिरिक्त आम संचार माध्यम मार्फत सार्वजनिक गरिनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स