सभापति लामिछानेका चालक घरको छतबाट खसेर घाइते, खुट्टा र टाउकोमा गम्भीर चोट

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका चालक घाइते अवस्थामा फेला परेका छन् ।

उनी आज बिहान भरतपुर महानगरपालिका वडा नं. ११ स्थित रवि लामिछाने बस्ने घरको छतबाट खसेर घाइते भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ४ बजेको समयमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ३ घर भएका ३९ वर्षिय शम्भु भनिने दिलबहादुर थापा छतबाट खसेर घाइते भएको हो ।

उनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स