काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।
आइतबार, नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ अंक विन्दुमा आइपुगेको छ ।
आज ३० लाख ५६ हजारको कित्ता सेयर ९७ करोड ४५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ७० वटा कम्पनीको सेयर मूल्य बढ्दा १३९ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सोल्टी होटलको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ८९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, एनआईसी एसिया बैंकको ३ करोड ६४ लाख, शिवम् सिमेन्ट्सको ३ करोड १७ लाख, हिमालयन डेष्टिलरीको २ करोड ७९ लाख, सगरमाथा जलविधुतको २ करोड ७२ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।