भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीको आईपीओ आज बाँडफाँट हुँदै

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज आइतबार दिउँसो २ः३० बजे सेयर बाँडफाँट गर्न लागेको हो ।

कम्पनीले चैत्र २३ गतेदेखि चैत्र २७ गतेसम्म आईपीओ बिक्री गरेको थियो । कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख ८८ हजार १०७ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

जसमध्ये १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीहरुका लागि सुरक्षित गरिएको सेयर बाँडफाँट गरिसकेको छ । ७१ हजार ९१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले कुल १३ लाख ४६ हजार ९९३ कित्ता सेयरका लागि आवेदन दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स