भोलिबाट सर्वसाधारणका लागि मेन्छियाम हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री खुला

काठमाडौं । भोलिबाट मेन्छियाम हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि भोलि वैशाख ४ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आफ्ना कर्मचारीलाई २२ हजार ४ सय ३९ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ५६ हजार ९९ कित्ता सुरक्षित गरि सर्वसाधारणलाई ९ लाख ३४ हजार ९ सय १५ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

सर्वसाधारणले आईपीओमा वैशाख ७ गतेसम्म आवेदन दिन सक्ने छन् । यस निष्कासनमा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।

कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपीओ निष्कासन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीले सङ्खुवासभाको पिलुवाखोलामा ४.७२ मेगावाटको अपर पिलुवाखोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन थालिसकेको छ । कम्पनीले पिलुवाखोलामा नै ७.७ मेगावाटको अपर पिलुआ १ आयोजना निर्माण गर्नको लागि उत्पादन अनुमति पत्र पेश गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स