दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले आज बैशाख ३ गते अन्तिम दिन रहेको हो ।

कम्पनीले १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो । जसअनुसार १०० अंकित दरका कुल १० लाख ७२ हजार ९७२ कित्ता जारी भएको छ।

कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरि सकेको छ।

बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबा अनुमति प्राप्त सी९आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स