बुद्ध एयरको ल्याण्डिङ गियरमा समस्या आउँदा, काठमाडौंबाट विराटनगर उडेको विमान काठमाडौंमै सुरक्षित ल्याण्डिङ

काठमाडौं । आज काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको ९एन-एएनआई जहाज अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको थियो । टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात जहाजलाई क्याप्टेनले पुन काठमाडौं फर्काउने निणर्य गरेको थिए ।

ल्याण्डिङ गेयरमा समस्या आएको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण छ ।
उक्त जहाजमा ७३ यात्रु (७६ युवा, दुई बालक र तीन काखे बच्चा) तथा चालकदका चारसहति ७७ जना सवार थिए । बुुद्ध एयरको ती यात्रु बोकेर आएको एटीआरलाई चालक दलले जहाज सुरक्षित अवतरण गरेको बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्रक कर्णले जानकारी दिए । हाल जहाजका यात्रु आफ्नो घर गइसकेका छन् ।

सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाईृ क मगर्न केही बेर काठमाडौंको आकाशमा फनको मारी आवश्यक सुरक्षा मापदण्ड पुरागरी सुरक्षितसाध अवतरण गरेको थियो ।

जाहाजमा ल्याण्डिङ गेयरका लागि २ वटा इन्डिकेटर रहेको हुन्छ । जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखिएको थियो ।

‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य गरेका थिए । काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दिए ।

जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स