नयाँ वर्षमा आइएमई पेले ल्यायो ‘आइएमई पे सँग २०८० १००% खुशी अफर’

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत ‘आइएमई डिजिटल सोलुसन लमिटिेडको ‘आइएमई पे’ ले नयाँ वर्ष २०८० लाई स्वागत गर्दै आइएमई पेसँग २०८०, १००% खुशी नामक अफर सार्वजनिक गरेको छ । २०८० वैशाख १ देखि ३१ गते सम्म सञ्चालन हुने यस अफर अवधिभर प्रत्येक हप्ता आइएमई पेको विभिन्न सेवा सुबिधा प्रयोग गर्नु हुने १० भाग्यशाली सेवाग्राहीहरूले १००% क्यासब्याक प्राप्त गर्ने छन् ।

सो अफरमा सहभागि हुनका लागि सेवाग्राहीहरूले आइएमई पे मार्फत भिसा कार्ड, पि टू पि, क्यु आर, हावाई टिकट खरिद, रेमिट्यान्स लगायत आदी सेवा प्रयोग गरी कारोबार गर्नुपर्नेछ । ग्राहकवर्गलाई आइएमई पेबाट सजिलै विधुत्तिय भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यका साथ यो अफर सञ्चालन गरिएको हो ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्वद्घित ‘आइएमई पे’ (वालेट एप) विद्य’तीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटल दुरसञ्चार सञ्जालको माध्यमबाट मोवाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोवाईल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरू मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा स्कान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।

यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरूलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पे ले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स