महासंघको वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ बन्ने भयो सहमति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा पुगेका अन्जन श्रेष्ठ र उमेशलालबीच नयाँ नेतृत्वको लागि सहमति भएको हो । द्वय श्रेष्ठबीच सहमति भएर अन्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्ष बन्न लागेका हुन् ।

पहिलो चरणको निर्वाचनमा अन्जन श्रेष्ठ  ३७.९९ प्रतिशत, उमेशलाल श्रेष्ठले ३१.५१ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए

बढी मत ल्याउने उम्मेदवार अन्जन र उमेशलालबीच पुनः निर्वाचनको प्रक्रिया थालिएको थियो । यसैबीच सहमतिको लागि निवर्तमान अध्यक्ष शेखर गोल्छा, नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्षमा अन्तिम दुई प्रतिस्पर्धी अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच बैठक बसेको थियो ।

लगत्तै दुई प्रतिस्पर्धी अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच अलगै बैठक बसेको छ । विभिन्न चरणमा भएको छलफलपछि अन्जनलाई उमेशलालले समर्थन गरेका हुन् ।

विधान अनुसार ५० प्रतिशत बढ मत ल्याउने उम्मेदवार मात्रै विजयी हुने व्यवस्थाका कारण पहिलो भएका अन्जन र दोस्रो भएका उमेशबीच पुनः निर्वाचन गराउनुपर्ने थियो । तर दुई प्रतिष्पर्धीले आपसी समझदारीका लागि छलफलमा बस्दा अन्जनलाई छाड्न उमेश तयार भएका हुन् । चन्द्र ढकालको कार्यकाल सकिएपछि अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स