राष्ट्र बैंकले बढायो लघुवित्तको न्यूनतम कर्जा नोक्सानी व्यवस्थाको सीमा

काठमाडौं । राष्ट्र बैंकले न्यूनतम कर्जा नोक्सानी व्यवस्थाको सीमा बढाएको छ । बैंकले लघुवित्त वित्तीय संस्थाहरूबाट प्रवाह भएको असल कर्जाको नोक्सानी ०.५ प्रतिशतले बढाएर १.५ प्रतिशत पुर्याएको हो । यसअघि असल कर्जाको न्यूनतम कर्जा नोक्सानी व्यवस्था १ प्रतिशतमात्रै थियो ।अन्य कर्जाको नोक्सानी यथावत राखेको राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७८ संशोधन गरेर असल कर्जाको नोक्सानी सीमा बढाएको हो ।

कर्जा असुली सम्बन्धी कारवाही सम्बन्धमा (१) एक वर्ष भन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतीत भई शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ । कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्विर प्रकाशन गर्न पाईने छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स