काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार महालक्ष्मी विकास बैंक, युनियन लाइफ इन्सयोरेन्स र पोखरा फाइनान्सको कुल ३९ लाख ४९ हजार २७० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसअनुसार, महालक्ष्मी विकास बैंकको ४ प्रतिशत दरका कुल १६ लाख ४ हजार ३५३ कित्ता, युनियन लाइफ इन्स्योरन्सको ८.९७ प्रतिशत दरका कुल १९ लाख २८ हजार ५५० कित्ता र पोखरा फाइनान्सको ४ प्रतिशत दरका कुल ४ लाख १६ हजार ३६७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।