पहिलो चरणको चुनावमा अन्जनको मतभार बढी, अन्जन र उमेशलालबीच प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि पुनः मतदान हुने भएको छ । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मतभार नपुर्याएपछि पहिलो र दोस्रो हुनेबीच पुनः प्रतिस्पर्धा हुने भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ।

बिहीबार साँझ ९ बजेसम्म मतपरिणाम समेत सार्वजनिक हुने जनाईएको छ । दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । एसोसियटतर्फ सर्वाधिक मत ल्याएका रामचन्द्र संघई भने १ प्रतिशतले पछि पर्दै रिङबाटै बाहिरिएका छन् ।

अञ्जन श्रेष्ठले वस्तु, जिल्ला र एशोसिएट गरी तीनै तर्फ कुल ३७.९९ प्रतिशत मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, उमेशलाल श्रेष्ठले ३१.५१ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए । तीनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि पुनः मतदान हुन लागेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स