२०७९ सालको अन्तिम दिन यस्तो छ आजको सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । २०७९ सालको अन्तिम दिन बिहीबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । भोलिबाट नयाँ वर्ष २०८० सालको शुरुवात हुँदैछ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स