माई खोला हाइड्रोपावरले सर्वसाधारणका लागि वैशाख ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आगामी वैशाख ८ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको १०० अंकित दरको कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्कासन गर्ने लागेको हो ।

कुल कित्तामध्ये ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ५८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा वैशाख १२ गतेसम्म र सो अवधिसम्म पनि बिक्री नभए ढिलोमा वैशाख २४ गतेसम्म आवेदन दिन सक्ने छन् ।

इच्छुकले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभू क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले इलाम नगरपालिका ८ सिमफिरिंगमा ३ मेगावाट क्षमताको सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।

यो आयोजनाको प्रतिमेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ भने कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स