महासंघ निर्वाचनमा जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर तर्फको उपाध्यक्षमा सुर कृष्ण वैद्य निर्वाचित भएका छन् । रामचन्द्र संघई प्यानलबाट उम्मेदवार बनेका श्रेष्ठले अरुणराज सुमार्गी र दिनेश श्रेष्ठलाई पराजित गरेका हुन् । वैद्यले ४३ मत, सुमार्गिको ३७ र दिनेश श्रेष्ठको ३४ मत पाएका छन् । यी मध्ये ११ जना सदस्य उमेशलाल श्रेष्ठ प्यानलका छन् भने बाँकी ७ जना अन्जन श्रेष्ठ प्यानलका छन् ।

यता जिल्ला नगरतर्फको सदस्यमा भने उमेशलाल श्रेष्ठ समुहको वर्चस्व कायमै देखिन्छ । जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

जसमध्ये सदस्यतर्फ मोहन प्रसाद श्रेष्ठले ९१, प्रयास कार्की ८८, अमरेश चन्द्र बैदार ८१, तारा बहादुर कार्की ८१, नविन रिजाल ७९, कल्पना गैरे ७७, उमेश डालमिया ७३, उज्ज्वल प्रसाद कसजु ७२, बेदबहादुर श्रेष्ठ ७२, मन्जु कुमार श्रेष्ठ (कोज) ७०, अब्दुल वाहिद मन्सुर ७०, किशोर कुमार आचार्य ६९, कृष्ण कटुवाल ६७, केशब प्रसाद भण्डारी ६७, पुष्पराज कुंवर ६६, गोकुल श्रेष्ठ ६४, निरक केसी ६३, अनिलकृष्ण श्रेष्ठ ६४, दिपक नेपाल ६३ र निरक केसीले बराबर मत प्राप्त गरेका हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स