माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सुचारु

काठमाडौं । माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्यूआर द्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ।

यो सेवा सुचारु भए संगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाट(भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगाएत स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने छन्।

रेमिट्याप वालेट मार्फत विभिन्न व्यापार(व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् ।

इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनन्सीयल स्वीच मार्फत कारोवारको भुक्तानी तथा फर्स्यौट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स