राष्ट्र बैंकको कारवाहीमा ४ विकास बैंक, करिब ९० लाख जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ विकास बैंकलाई कारवाही गरेको छ । बैंकले कर्जा निक्षेप अनुपात (सीडि रेसियो) तोकेको सीमा भन्दा धेरै भएको भन्दै कारवाही गरेको हो । राष्ट्र बैंकले असोज र कार्तिक महिनामा चार विकास बैंकलाई कारवाही गरेको हो । राष्ट्र बैंकले असोज महिनामा ६० लाख ६३ हजार ३१३ रुपैयाँ र कार्तिकमा २९ लाख १७ हजार ५ रुपैयाँ गरी कुल ८९ लाख ६० हजार ३१९ रुपैयाँ जरिवाना गरेको हो । ३ हजार ३१३ रुपैयाँ र कार्तिकमा गरी कुल ८९ लाख ६० हजार ३१९ रुपैयाँ जरिवाना गरेको हो ।

कारवाहीमा पर्ने बैंकहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेका छन् ।

राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंकलाई ३ लाख ३५ हजार, नारायणी डेभलपमेन्ट बैंकलाई ३ लाख ४ हजार, सप्तकोशी डेभलपमेन्ट बैंकलाई २२ लाख ७७ हजार र सिन्धु विकास बैंकलाई ६ लाख ८२ हजार १२१ रुपैयाँ जरिवाना गरेको हो ।

यसअघि पनि यी चार बैंकलाई राष्ट्र बैंकले सीडी रेसियो सीमाभन्दा माथि लिएको भन्दै कारबाही गरेको थियो ।

राष्ट्र बैंकले २०७९/८० असोज मसान्तमा कर्पोरेट डेभलपमेन्ट बैंकलाई १७ लाख ९३ हजार, नारायणी डेभलपमेन्टलाई ५ लाख ८ हजार, सप्तकोशी डेभलपमेन्टलाई ३० लाख ५९ हजार र सिन्धु विकास बैंकलाई ६ लाख ८२ हजार र जरिवाना गरेको थियो ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/04/Enforcement-action-2nd-quarter-of-fiscal-year-2079-80-1.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स