माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले पहिलो चरणमा फागुन २५ गतेदेखि चैत ९ गतेसम्म आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गरेको आईपीओ बाँडफाँट गरेको हो ।

बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले चैत २७ गते दुवै पहिलो चरणको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको थियो ।

क्यापिटलका अनुसार तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने स्थानीयहरूमा ३ लाख ९२ हजार १५७ कित्ता सेयर बाँडफाँट गरिएको जनाएको छ । त्यस्तै दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन हुने सेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता सेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको छ ।

आईपीओ सम्बन्धी विवरण हेर्नको लागि बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेबसाइट https://www.prabhucapital.com/ र सिडिएसले आईपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ मार्फत हेर्न सकिनेछ ।

यसपछि अब कम्पनीले दोस्रो चरणको आईपीओ सर्वसाधारणहरुका लागि निष्कासन गर्ने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स