सलमान खानलाई आयो फेरि अर्को ज्यान मार्ने धम्की, मिति समेत तोकियो

मुम्बाई । बलिउड सुपरस्टार सलमान खानलाई अर्को ज्यान मार्ने धम्की आएको छ । दबंग अभिनेतालाई धम्की ईमेल पठाएको आरोपमा एक व्यक्तिलाई हिरासतमा लिएको एक हप्ता पछि सलमानलाई फेरि अर्को ज्यान मार्ने धम्की आएको हो ।

मुम्बई पुलिसलाई फोन गरेर अभिनेता सलमान खानलाई मार्ने धम्की दिने व्यक्तिलाई हिरासतमा लिइएको छ । धम्की दिने १६ वर्षीय किशोर रहेको मुम्बई प्रहरीले जनाएको छ । उनलाई ठाणे नजिकैको सहरबाट हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रहरीका अनुसार अप्रिल १० मा मुम्बई पुलिस कन्ट्रोल रुममा धम्की कल गरिएको थियो। राजस्थानको जोधपुरबाट आफूलाई रकी भाइ भनेर चिनाउने फोन गर्ने व्यक्तिले आफू गौ रक्षक (गौ-विजिलेन्ट) भएको बताएका थिए। उनले ३० अप्रिलमा सलमान खानलाई मार्ने धम्की दिएका छन् ।

यसबारे मुम्बई प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

यसअघि, राजस्थानको जोधपुर जिल्लाको लुनीका बासिन्दा धाकड राम भनेर चिनिने एक व्यक्तिलाई सलमान खानलाई इमेल धम्की पठाएको आरोपमा मार्च २६ मा पक्राउ गरी मुम्बई पुलिसलाई सुम्पिएको थियो।

बान्द्रा पुलिस स्टेशनमा मुद्दा दर्ता गरिएको थियो। आरोपितले कथित रूपमा सलमान खानलाई धम्कीको मेल पठाएको थियो जसमा भनिएको थियो कि अभिनेता ‘सिद्धु मूस वाला’ जस्तै गरि मारिने छ ।

सलमान खानलाई इमेल मार्फत ज्यान मार्ने धम्की दिएको बान्द्रा प्रहरी थानामा दर्ता भएको मुद्दामा मुम्बई प्रहरी टोली र लुनी पुलिस टोलीले संयुक्त कारबाहीमा जोधपुर जिल्लाको लुनी निवासी ढाकड रामलाई पक्राउ गरेको छ ।

मुम्बई प्रहरीले सलमान खानलाई श्रेणीको सुरक्षा उपलब्ध गराएको छ । अभिनेतालाई लरेन्स बिश्नोई गिरोहबाट धम्कीको पत्र आएपछि महाराष्ट्र राज्य सरकारले यो कदम चालेको हो ।

मुम्बई पुलिसले अभिनेता सलमान खानको अफिसमा धम्कीपूर्ण इमेल पठाएको आरोपमा जेलमा रहेका गैंगस्टर लरेन्स बिश्नोई, गोल्डी ब्रार र रोहित गर्गलाई पनि मुद्दा दायर गरेको छ। बान्द्रा प्रहरीले आईपीसीको धारा ५०६(२), १२०(बी) र ३४ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

यसैबीच, सलमान खानलाई लगातार ज्यान मार्ने धम्की आउन थालेपछि उनले हालै नयाँ बुलेट प्रुफ कार किनेका छन् । यो निसान पेट्रोल एसयूभी हो । उनले उक्त कार विदेशबाट आयात गरेका हुन् ।

अभिनेताले आफ्नो आगामी ‘किसी का भाइ किसकी जान’ को प्रचार सुरु गरिसकेका छन् र अप्रिल १० मा मुम्बईमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा भाग लिएका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स