१.०१ प्रतिशतले वैशाखमा ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

काठमाडौं । बैंकर्स संघले ब्याजदर १.०१ प्रतिसत घटाउने निर्णय गरेको छ । बुधबार बसेको बैंकर्स संघको पूर्ण बैठकले ब्याजदर घटाउने निर्णय गरेको छ । अब वैशाख महिनामा मुद्दति निक्षेपको ब्याजदर ९.९ प्रतिशत रहने नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए । संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम भएको छ ।

वैशाखदेखि बैंकहरूले  बचतको ब्याज ५.४ देखि ७.४ प्रतिशत कायम गरेका छन् भने कल डिपोजिटमा २.७० प्रतिशत ब्याज दिने निर्णय संघले गरेको छ । ब्याज घटाउने संघको निर्णयसँगै निक्षेपको ब्याजदर एकल अंकमा आएको छ । नयाँ ब्याजदर वैशाख १ बाट लागु हुने छ ।

नेपाल बैकर्स संघका पूर्व अध्यक्ष तथा सानिमा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले मुद्दति निक्षेपको ब्याजदर ९.९ प्रतिशतमा झरेपछि बैंकहरूले सहजै १२ प्रतिशतसम्ममा कर्जा दिन सक्ने बताए ।

फागुनमा ब्याजदर घटाउनु पर्ने प्रेसरमा १४ बैंक, अन्यको अवस्था कस्तो ?

निक्षेपको ब्याजदर घटेपछि बैंकहरूको आधार दर(बेसरेट) पनि तल झर्छ । सो कारणले पनि बैंकहरूले सहजै सो प्रतिशतमा कर्जा उपलब्ध गराउन सक्छन् । त्यसो त कतिपय बैंकहरूलाई कर्जा तथा निक्षेपको अनुपात दर ‘स्प्रेट दर घटाउनु पर्ने बाध्यता पनि छ । ती बैंके अझ कर्जाको बढी ब्याज घटाउन सक्छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स