एकैदिन यति धेरैले बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख १० हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ३५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १४ सय ५० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स