नेपालका बैंकहरू सेफ्टी र साउण्ड छन्, सानोतिनो धक्काले छुन सक्दैनः गभर्नर अधिकारी

ब्याजदर तोक्न करिब ३ दशकअघि नै छाडिसक्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंकहरू सेफ्टी र साउण्ड छन्, सानोतिनो धक्काले छुन नसक्ने बताएका छन् । विदेशका केहि बैंकहरू बन्द भइरहँदा मैले आज यो कुरा स्पष्ट पार्नै पर्छ भन्दै गभर्नर अधिकारीले नेपालका बैंकलाई सानोतिनो धक्काले असर नपार्ने बताएका हुन् ।

नेपालका बैंकहरुको पुँजी पर्याप्तता अनुपात, एसेट क्वालिटी लगायतका नियामकीय निर्देशनमा नेपालका बैंकहरू औसत भन्दा माथि नै रहेकाले अन्त केहि हुँदा नेपालका बैंक के होला भन्ने चिन्ता लिनु नपर्ने गभर्नर अधिकारीले बताए ।

गभर्नर अधिकारीका अनुसार नेपालका बैंकको पुँजी पर्याप्तता अनुपात औसतमा १३ प्रतिशत रहेको छ । २०७९ पुस मसान्त अनुसार पुँजी पर्याप्तता अनुपात वाणिज्य बैंकमा १३.०२ प्रतिशत, विकास बैंकमा १२.७१ प्रतिशत र फाइनान्स कम्पनीमा १७.०५ प्रतिशत रहेको छ । आवश्यक अनुपात भने ११ प्रतिशत हो । त्यस्तै, उनले नेपालमा मूल्यवृद्धि केही हदसम्म नियन्त्रित भएको र घट्ने क्रममा रहेको समेत उनले बताए ।

कार्यक्रममा नेपालले खुला बजार अर्थनीति अपनाएपछि नेपाल राष्ट्र बैंकले ब्याजदर तोक्न छाडेको गभर्नर महाप्रसाद अधिकारीले बताए  । २०४६ सालमा जब नेपालले खुला अर्थनीति अपनायो त्यो बेलादेखि बजारले ब्याजदर निर्धारण गर्ने गरेको उनले बताएका हुन् । ‘ बैंकको ब्याजदर डिमाण्ड र सप्लाईले निर्धारण गर्छ,’ उनले भने ‘ब्याजदर राष्ट्र बैंकले तोक्ने होइन ।’

राष्ट्र बैंकले कहिले काहिँ पोलिसी इन्टरभेन्सन भने गरिरहेको बताए । बजारको तरलताको आधारमा, जोखिमका आधारमा ब्याजदर ब्याजदर बजारलाई नै निर्धारण गर्न छाडिदिएका छौं ।’

‘बजारमा तरलता सहज हुँदा ब्याजदर घटेर र तरलता अभाव हुँदा बढ्ने नियमित प्रक्रिया भएको स्पष्ट पार्दै ब्याजदरको स्वभाविक लाभ सर्वसाधारणहरूले पाउनुपर्छ भन्ने हो,’ उनले भने ।

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरूलाई निक्षेप र कर्जाको ब्याजदर अन्तर ४.४ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको र चैत मसान्तसम्म वाणिज्य बैंकहरूले त्यस्तो अन्तर ४.२ प्रतिशतमा सीमित गरिसक्नु पर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको नियमअनुसार असार मसान्तभित्र ब्याजदर अन्तर ४ प्रतिशतमा कायम हुने हुनुपर्ने व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स