साहस ऊर्जाको आईपीओमा पौने २५ लाखको आवेदन

काठमाडौं । साहस ऊर्जा लिमिटेडले असोज ६ गतेदेखि सर्वसाधारणमा निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) मा आइतबार साँझ ५.३० बजे सम्ममा करिब २४ लाख ६५ हजार आवेदन परेको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार २४ लाख ६५ हजार आवेदबाट करिब ३ करोड ४३ लाख ९५ हजार कित्ताको लागि माग परेको छ । जुन सर्वसाधारणबाट माग भएको सेयरको ५.३४ गुणा बढी हो ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक सेयर निष्काशन गरेको हो ।
निष्काशित सेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने ६४ लाख ४० हजार कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स