लघुवित्तहरु सञ्चालनमा नयाँ मोडालिटी नआउन्जेलसम्म लाभांशमा गरिएको कडाइ जारी रहनेः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तहरु सञ्चालनमा नयाँ मोडालिटी नआउन्जेलसम्म लाभांशमा गरिएको कडाइ जारी रहने बताएका छन् ।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै गभर्नर अधिकारीले लघुवित्तहरु सञ्चालनमा नयाँ मोडालिटी नआउन्जेलसम्म टिक्नुपर्छ, त्यसपछि हामीले कडाइ नगर्ने बताएका हुन् ।

साथै, उनले लघुवित्तको दिगोपना कै लागि यस पटक लाभांश घटाएको स्वीकार गरेका छन् । लघुवित्तको समस्या समाधानको लागि अध्ययन कमिटि गठन भईसकेको र सो कमिटिले दिएको प्रतिवेदन अनुसार नयाँ पोलिसी आउने उनले बताए ।

नयाँ पोलिसी नआउँदासम्मको लागि लघुवित्तलाई बचाएर टिकाई राख्नको लागि लाभांश १५ प्रतिशतमा सिमित गरिएको उनले उल्लेख गरे ।

भोलिको दिनलाई सोचेर लाभांश कम गरेको उल्लेख गर्दै उनले अहिले १५ प्रतिशत लाभांशले काम चल्ने दाबी गरे । ‘अहिले लघुवित्तमा समस्या आईरहेको छ, भोलि संस्था नै कोल्याप्स भए के गर्ने ? दिगोपनाको लागि रिटेन अर्निङ जोगाएर राख्न भनिएको हो’ उनले भने ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स