राष्ट्र बैंकले भन्यो– ‘५० लाखसम्मको कर्जा अगाडि नै चुक्ता गर्नेके अग्रिम भुक्तानी नलिनु’

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको कुनै पनि कर्जा तोकिएको समयभन्दा अवावै चुक्ता गर्दा अग्रिम भुक्तानी शुल्क लिन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले चैतमसान्त कर्जाको कित्ता र ब्याज भुक्तान गर्ने समयावधि भएकोले कर्जा भुक्तान गर्ने समयभन्दा अगावै चुक्ता गर्दा अग्रिम भुक्तानी शुल्क नलिन भनेको हो ।

यस्तो कर्जा अग्रिम भुक्तानी गर्दा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा वा लिने जानकारी दिएमा सम्बन्धित बैंकको वेवसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारी समक्ष गुनासो गर्दा गर्न पनि बैंकले भनेको छ ।

यसो गर्दा उक्त संस्थाबाट गुनासो सुनुवाई नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सुझाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स