भोलिबाट सर्वसाधारणका लागि दोल्ती पावरको आईपीओ निष्कासन तथा बिक्री खुला

काठमाडौं । भोलिबाट सर्वसाधारणका लागि दोल्ती पावर कम्पनीको आईपीओ निष्कासन तथा बिक्री खुला हुने भएको छ। कम्पनीले भोलि (चैत २८ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार १०० अंकित दरका कुल १० लाख ७२ हजार ९७२ कित्ता जारी गरिनेछ।

कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ।

बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबा अनुमति प्राप्त सी९आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

यो आईपीओमा आउँदो वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ। यो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स