सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्ष सत्यालद्वारा शपथ ग्रहण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकोे १८ औं वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका अध्यक्ष उज्ज्वल सत्यालले शपथ ग्रहण गरेका छन् । आइतबार नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना समक्ष सत्यालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालद्वारा अन्य संचालकहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरे पश्चात नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्ने छ । बैंकले नवनियुक्त अध्यक्ष तथा सञ्चालकहरुलाई आफ्नो कार्यकालको सफलताको शुभकामना ब्यक्त गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स