ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको चैत्र २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजी ३.८० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२० प्रतिशत नगद गरि कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुँजी ५१ करोड ९० लाख रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स