१ अर्ब २० करोड रुपैयाँको सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३ मा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सिद्धार्थ क्यापिटलले आज (चैत २६ गते) देखि सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३ निष्काशन गर्दैछ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई निष्काशन गर्न लागेको हो ।

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो एक बन्दमुखी योजना हो । योजनाको कुल आकार १ अर्ब २० करोड रुपैयाँ रहेको छ । यस निष्काशनमा न्यूनतम ५० प्रतिशत अर्थात ६ करोड इकाई बिक्री हुनु पर्नेछ।

सोमध्ये न्यूनतम १ करोड ८० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १० प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंकलाई, ५ प्रतिशत अर्थात ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

उक्त इकाईको बन्द छिटोमा चैत २९ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि २०८० वैशाख १० गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आश्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स