अर्थ मन्त्रालयले बजेट सुझाव माग्यो, १५ गतेभित्र पठाउनु पर्ने

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि आम सर्वसाधारणहरुबाट सुझाव मागेको छ । मन्त्रालयले सार्वजनिक सूचना नै प्रकाशित गरि बजेटका लागि आवश्यक सुझाव बुझाउन आव्हान गरेको हो । अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार नागरिकस्तरबाट प्राप्त उपयुक्त सुझावहरु बजेटमा समेटिने अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले अर्थतन्त्रको उत्थान तथा समृद्धिका लागि उपयुक्त सुझावहरु पठाउन आग्रह गरेको हो ।’ मन्त्रालयले वैशाख १५ गतेभित्र बजेट सम्बन्धी सुझाव बुझाउन भनेको छ । त्यसका लागि मन्त्रालयको तोकिएको इमेलको प्रयोग गर्न सकिन्छ भने मन्त्रालयको वेभसाइटमा रहेको ‘बजेट सजेशन ट्याब’ प्रयोग गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/04/बजेटको-राय-सुझाव.pdf”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स