नेशनल एकेडमी र होटल सेभेन स्टारबीच संस्थागत सेवा दिने सम्झौता

काठमाडौं । नेशनल एकेडमी फर फाईनान्सियल सर्भिसेज प्रालि र चितवन सौराहाको, होटल सेभेन स्टार प्रालि बीच संस्थागत सल्लाहकारको सेवा लिने दिने बिषयमा द्विपक्षिय समझौता सम्पन्न भएको छ । काठमाडौं बत्तिसपुतलि स्थित होटल द्वारिकामा शुक्रबार आयोजित कार्यक्रमबीच सम्झौता भएकोहो ।

नेशनल एकेडमीको तर्फबाट कम्पनीका संस्थापक अध्यक्ष रमेश कुमार भट्टराई र होटल सेभेन स्टारको तर्फबाट प्रबन्ध संचालक माधब दवाडीले समझौतामा हस्ताक्षर गरेका हुन् ।

वैशाख पहिलो हप्ताबाट सञ्चालन हुन थालेको नेशनल एकेडमी फर फाइनान्सियल सर्भिसेजले बैंक बित्तिय संस्था, बीमा कम्पनी, सहकारी, धितोपत्र कम्पनी, मर्चेन्ट बैंकर, भेन्चर क्यापिटल तथा सबै प्रकारका उलेग व्यवसायलाई सहयोग पुग्ने गरी काउन्सेलिगं, कन्सलटेन्सि र कोचिङ प्रदान गर्ने उद्देश्य राखेको छ ।

देश विश्वव्यापी आर्थिक मन्दीको चपेटमा पर्दै गईरहेको छ । उद्योग व्यवसाय चल्न नसकी अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको बैंक वित्तिय संस्थाको खराब कर्जा डरलाग्दो हिसाबले बढदै गैरहेको छ । यस्तोमा विशेषज्ञ बैकरको टिम बनाएर सबै किसिमका उद्योग व्यवसाय र संस्थालाई आवश्यक सल्लाहकार सेवा कंपम्पीले प्रदान गर्ने छ ।

कम्पनीमा नेपाल बैंक , कृषि विकास बैंक र बीमा समितिका पूर्व प्रमुख चार्टर्ड एकाउन्टेन्ट देवेन्द्र प्रताप शाह; महालक्ष्मी फाइनान्स, महालक्ष्मी विकास बैंक , नेपाल लाइफ, एशियन लाइफ, नेपाल विमक संघका पूर्व प्रमुख रमेश कुमार भट्टराई; प्रुडेन्सियल फाइनान्स, युनाईटेड फाइनान्स, सिद्धार्थ विकास बैंकका पूर्व प्रमुख अजय कुमार मिश्र तथा अन्य अनुभवी अधिवक्ता, चार्टर्ड एकान्टेन्ट, बीमा विज्ञ, लघुवित्त विज्ञ, सञ्ंचार उद्यमीको टिम बनाएर संकटको यस घडीमा कम्पनीले कारोबार सञ्चालन गर्न गईरहेको छ ।

हिजो सम्पन्न सम्झौता अन्तर्गत नेशनल एकेडमीले होटल सेभेन स्टारको अपग्रेडेसन, कारोबार र क्षमता विस्तार, लगानी स्रोतको व्यवस्थापन, पब्लिक लिमिटेड कम्पनी लगि सर्वसाधारणमा सेयर निष्काशन, होटलको सिस्टम डेभलपमेन्ट लगायतको काममा सल्लाहकारको सेवा प्रदान गर्ने सहमति नेशनल एकेडमीका अध्यक्ष रमेश कुमार भट्टराई बताएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स