मल खरिदको लागि सरकारले आगामी आवमा ४९ अर्ब विनियोजन गर्ने

काठमाडौं । सरकारले सदा भइरहने मलको समस्या समाधान गर्न ४९ अर्ब रुपैयाँ विनियोजन गर्ने योजना बनाएको छ । आगामी वर्षको लागि किसानले भोग्दै आएको समस्या समाधान गर्न मल खरिदमा लगभग ४९ अर्ब खर्च गर्ने योजना बनाएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७९\०८० मा मल खरिदका लागि १५ अर्ब ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, अन्तर्राष्ट्रिय मूल्यमा भएको वृद्धिका कारण मल आयात गर्न नसकिने अवस्था आएपछि दुई पटक गरेर थप २३ अर्ब ५० करोड ६ लाख स्रोत सुनिश्चित गरिएको छ ।

कुल ३८ अर्ब ५० करोड ६ लाख रुपैयाँ सरकारी लगानीमा ३ लाख ३१ हजार ५०० मेट्रिक टन मल आउने सुनिश्चित भएको थियो । त्यही अनुसार सरकारले मल खरिद प्रक्रिया भने अगाडि बढाउन सकेको छैन् । बजेट कै अभाव देखाउदै आएको थियो ।

शुक्रबार नेपाल आर्थिक पत्रकार संघ नाफिजसँगको भेटघाट कार्यक्रममा अर्थ सचिव तोयम रायले सरकारले आगामी वर्षको लागि मल खरिद गर्न लगभग ४९ अर्ब खर्च गर्ने योजना बनाएको बताएका हुन् ।

‘हामीले आगामी बजेटमा ४५ देखि ४९ अर्ब मल खरिदको लागि खर्च गर्ने गरी बजेट निर्धारण गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘मलको समस्या अहिलेदेखिको मात्र नभएर यो धेरै पहिलेदेखिको समस्या रहेकाले मल खरिद गर्न बजेटको समस्या आगामी वर्ष हुने छैन् ।’

उनले सकारले यो वर्षको लागि भनेर बजेटमा मल खरिद गर्न छुट्याइएको १५ अर्ब रुपैयाँको अर्थ मन्त्रालयले अन्य स्रोतबाट स्रोत सुनिश्चिता गरेको बताए । ‘अब मल खरिदको लागि आवश्यक बजेट अर्थ मन्त्रालयबाट सहज भइसकेको छ,’ उनले भने, ‘मल खरिदको लागि अन्य प्रक्रिया छिट्टै सुरु हुनेछ । ‘

अनुदानमा दिने मल अभाव हुन नदिन बजेटको व्यवस्थापन गरिएको उनले बताए । मन्त्रालयका अनुसार नेपालमा वार्षिक ५ लाख २० हजार मेट्रिक टन रासायनिक मलको माग छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स