अर्थमन्त्री डा. महतले भने–‘लगानी गर्न चाहनेलाई प्रोत्साहन गर्नुपर्छ’

अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी गर्न चाहनेले कुनै कारणबाट निरुत्साहित हुन नहुने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीसँगको भेटघाटमा उनले लागनी गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बताएका हुन् । ‘नेपालमा अहिले लगानीको समस्या छ, सुरक्षित लगानीका लागि एनआरएनएको साथमा सरकार छ’ मन्त्री डा. महतले भने, ‘सरकारले एनआरएनएलाई निराश हुने काम कहिले गर्दैन । लगानी गर्न चाहने साथीहरुले कुनै कारणबाट निरुत्साहित हुनु पर्दैन ।’

सो अवसरमा लगानी मैत्री वातावरणमा समस्या भए आर्थिक ऐनमार्फत् सम्बोधन गरिने आश्वासन मन्त्री डा. महतले दिए । आगामी बजेटमार्फत् पनि धेरै कुरा सम्बोधन गर्न सकिने उनले बताए । एनआरएनए प्रतिनिधिले लगानीमैत्री वातावरण, नागरिकताको निरन्तरतालगायतका समस्याहरु राखेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स