उपत्यका मेयर्स फोरममा महर्जन

काठमाडौं । उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर उपमहानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन भएका छन् ।

काठमाडौँ उपत्यकामा रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख रहने सो फोरमको उपाध्यक्षमा सूर्यविनायकका वासुदेव थापा, महासचिवमा चन्द्रागिरिका घनश्याम गिरी, सचिवमा टोखाका प्रकाश अधिकारी, कोषाध्यक्षमा तारकेश्वरका कृष्णहरि महर्जन र सहसचिवमा मध्यपुरथिमीका सुरेन्द्र श्रेष्ठ चयन भएका छन् । फोरमको सदस्यमा उपत्यकाका बाँकी सबै नगरका प्रमुख र उपप्रमुख रहेका छन् ।

बिहीबार सम्पन्न फोरमको बैठकले नयाँ कार्यसमिति चयन गर्दै उपत्यकामा प्रवेश गर्ने प्रमुख नागढुङ्गा नाकामा ‘अटोमेटिक भेहिकल डिटेक्सन एन्ड मनिटरिङ सिस्टम’ जडान गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । यसका लागि करिब दुई करोड रूपैंया लगानी आवश्यक पर्ने जनाइएको छ ।रासस

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स