नेपाली सेनाको विभिन्न पदमा ६२१ जनालाई रोजगारीको अवसर, पण्डितदेखि डाक्टरसम्म माग

काठमाडौं । नेपाली सेनाले रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले आज गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै भर्ना आह्वान गरेको हो। नेपाली सेनाले प्राविधिकरहवाईरविविध सेवा तर्फका रिक्त रहेका विभिन्न पदमा ६२१ नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको हो।

सेनाले डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरीदेखि भिडियो सम्पादनसम्मका पदहरुमा भर्ना खुलाएको छ । त्यसैगरि व्याण्ड, हवाई सम्भार, एभिएसन स्टोर, ग्राउण्ड ह्याण्डलिङ, डिस्प्याचर लगायतका पदमा भर्नाका लागि पनि सेनाले आवेदन आह्वान गरेको छ ।

नेपाली सेनाले इच्छुक तथा योग्य आवेदकलाई आज चैत्र २४ गतेदेखि बैशाख २३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । नेपाली सेनाको वेबसाइट मार्फत आवेदन दिन सेनाले आग्रह गरेको छ ।

यस्तो छ सूचना :

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स