भुगोल इनर्जिको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

काठमाडौं । भुगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिनमै २.३० गुणा बढी आवेदन परेको छ ।

बिहीबार ५ः११ बजेसम्ममा २ लाख ६१ हजार ४९६ आवेदनबाट ३१ करोड १० लाख ४१ हजार रुपैयाँ बराबरको ३१ लख १० हजार ४१० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन, कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको १३ लाख ४६ हजार ९९३ कित्ता सेयरको २.३० गुणा बढी हो ।

कम्पनीले आज (चैत २३ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख ८८ हजार १०७ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

जसमध्ये १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीहरुका लागि सुरक्षित गरिएको सेयर बाँडफाँट गरिसकेको छ । ७१ हजार ९१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले कुल १३ लाख ४६ हजार ९९३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा पहिलो दिनमै माग भन्दाबढी आवेदन परेकोले लगानीकर्ताले चैत २७ गते सम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले प्रबर्धन गरिरहेको ३.७५ मेगावाटको द्वारी खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ रहेको छ ।

सो जलविद्युत आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २०.४१ वर्ष रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति २५ वर्ष बाँकी रहेको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स