चन्द्रागिरि हिल्सका सेयरधनीलाई एक वर्ष भरि २५ प्रतिशतसम्म छुट

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीहरुलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका सेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ, वाल क्लाइम्बिङ, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

यस नयाँ योजना अन्तर्गत छुट सुविधा लिनको लागि सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना एक वर्षकोे लागि लागू रहने छ ।

काठमाडौं उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि पहाडमा निर्माण गरिएको केबलकारसहितको यो नयाँ गन्तब्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तब्यको रुपमा रहेको छ ।

यसका साथै प्रत्येक भ्रमणमा सेयरधनीहरुलाई संध्याकालीन केवलकारको टिकट समेत प्रदान गरिने छ । यस योजना सम्बन्धित विस्तृत सेवा तथा सर्तहरुको जानकारी तल दिइएको कम्पनीको नम्वर तथा ठेगाना मार्फत प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स