अर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमा करिब ४० अर्बले बढ्यो, उक्लिए २८२ स्थान माथि

काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमा करिब ४० अर्बले बढेको छ । फोर्ब्सले आज सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको सूचीअनुसार एक वर्षको अवधिमा चौधरीको सम्पति ०.३ बिलियन डलरले बढेको छ । जुन नेपाली रुपैयाँ अनुसार ३९ अर्ब ५१ करोड ५२ लाख बराबर हो ।

योसँगै, विश्वका अर्बपतिहरुको सूचीमा चौधरी २८२ स्थान माथि उक्लिएका छन्।

फोर्ब्सका अनुसार यो वर्ष चौधरी अर्बपतिको सूचीमा १ हजार ६४७ स्थानमा छन्। गत वर्ष उनी १ हजार ९२९ औं स्थानमा थिए। जसअनुसार उनी यो वर्ष २८२ स्थान माथि उक्लिएका हुन्।

गत वर्ष चौधरीको कुल सम्पत्ति एक खर्ब ९७ अर्ब थियो । एक वर्षमा उनको सम्पत्ति बढेर करिब २ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।

उनी सीजी ग्रुप ग्लोबल, नबिल बैंक, सीजी फुड्सलगायत विभिन्न कम्पनीमा लगानी रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स