ग्लोबल हाइड्रोले ५८.६ लाख कित्ता आईपीओ निष्कासन गर्ने, प्रत्याभूतिकर्तामा मेगा क्यापिटल र एसबीआई मर्चेन्ट

काठमाडौं । ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले साधारण सेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नको लागि मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडसँग सम्झौता गरेको छ ।

आज एक कार्यक्रमका बीच ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका प्रमुख वित्त अधिकृत पुर्ण मान नापित, मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख – मार्केटिङ विभाग गिरी राज पोखरेल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनिल कुमार महर्जन समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स